लड्छ वीर गोर्खाली : आफैं-आफैं लड्छ , खेल खत्तम – नेता बास्कोटा
१३ असार काठमाडौ । आज नेकपा एमालेका स्थायी समिति सदस्य गोकुल बास्कोटोले नेपालमा आन्तरिक युद्ध वा बाह्य हस्तक्षेपबाट ध्वस्त हुने नभइ आफैं लडेर सकिने अवस्था रहेको बताएका छन् ।
‘नेपाल पृथ्वीको यस्तो ठाउँमा छ कि युद्ध वा बाह्य हस्तक्षेपले यसलाई ध्वस्त गर्न सक्दैन,’ सामाजिक सञ्जाल ट्वीटरमा आइतबार उनले लेखेका छन्, ‘अस्थिर र कमजोर पार्न समाजका सबभन्दा उत्तेजक कडिहरुमा टेकेर आगो झोसिदियो दुईचार एनजिओ, आठदश अनलाइन, दुईचार एजेण्ड सेटिङ बैठक र एकदुई स्वघोषित जानगरिक जुलुस । खेल खत्तम ।’
उनले देशभित्र एक अर्कालाई जुधाएर मुलुक अस्थिर बनाउने काम भइरहेको उनको आरोप छ । उनले नेपालीभित्रै खेलेर आपसपमा लडाउने काम भइरहेको उल्लेख गर्दै भनेका छन्, ‘लड्छ वीर गोर्खाली आफैं-आफैं लड्छ ।’