नेता भुसालद्धारा पार्टी परित्यागको घोषणा


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १३ २०७८
6.5K
SHARES

१३ असार काठमाडौ । आज एमाले नेता बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्। संघीय संसद सचिवालयका महासचिवलाई आइतवार पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्।

आफू नेकपाको उम्मेदवार रहेको र अहिले सो पार्टी अस्तित्वमा नरहेकोले स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न उनले आग्रह गरेका छन्।

राष्ट्रियसभा सदस्य उनी एमाले नेता माधव कुमार नेपाल समूहका बलियो खम्बा मानिन्छन्। एमाले भित्रको विबाद उत्कर्षमा पुगेको समयमा भुसालले आफूलाई स्वतन्त्र भूमिकामा राख्न संसदमा पत्र दर्ता गराएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।