यी एजेण्डा सहित एमाले स्थायी कमिटि बैठक आव्हान


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
12.8K
SHARES

१५ असार काठमाडौं । अब भोलि नेकपा (एमाले)को दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा बस्दै छ । बैठकको तयारीबारे छलफलका लागि आज साँझ स्थायी कमिटी बैठक बोलाइएको छ । भोलिको बैठकको तयारीबारे छलफल गर्न बेलुकी ५ बजे स्थायी कमिटी बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेमा अब महाधिवेशन कमिटी नरहने भएको छ  । बुधबार बालुवाटारमा बस्ने महाधिवेशन आयोजक कमिटीले बिहीबार नै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको स्रोतको भनाइ छ ।

महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल– माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने बताइँदै आएको छ । पार्टी एकताका लागि पूर्ववत् कमिटीमा पुग्न लागिएको बताइन्छ ।