सरकारका ऐतिहासिक कामले एमाले लोकप्रिय हुँदै छ – प्रधानमन्त्री ओली
१६ असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दे पार्टी अध्यक्षसमेत रहेका ओलीले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपुर्वक ढङ्गले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुदै गएको बताए ।
योजनावद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र तद्नुसारको क्रियाकलापहरुले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुदै अगाडि बढीरहेको छ ओलीले भने । बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको उनको दाबी छ ।