सभापतिमा थापा, खड्की र राठौरको उम्मेदवारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २० २०८३
114
SHARES

२० असोज काठमाडौँ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता हुँदा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

मनोनयन दर्ता मंगलबार साढे १२ बजेदेखि ६ बजेसम्म चलेको थियो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने कार्यतालिका छ।