म गरौं भन्छु, देउवा जी हुन्न भन्नुहुन्छ – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १६ २०७८
8.1K
SHARES

१६ असार काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहका कारण आगामी कदम चाल्न नसकेको बताएका छन् ।

विपक्षी गठबन्धनले लेखक तथा बुद्धिजीवीसँग आयोजना गरेको अन्तरक्रियामा नेता नेपालले भने, ‘मैले केही गरौं भनेर भन्दा शेरबहादुरजीले होइन, होइन अदालतको फैसलासम्म केही नगरौं भन्नुहुन्छ ।’ तर नेपालले आफूले गर्न लागेको कुरा भने खुलाएनन् ।

उनले भने, ‘उहाँको कुरा ठीक पनि हो । त्यसैले हामी भनिरहेका छौं, जेसुकै भए पनि मूल्यको राजनीति गरौं ।’आफ्नो पार्टीभित्रको अन्तर संघर्षले  आफू को हुँ भन्न पनि गाह्रो रहेको उनले बताए ।

उनले थपे, ‘अहिले उहाँहरूको भन्दा मेरो स्थिति अलि फरक छ । म के हुँ भनेर भन्न पनि बडा गाह्रो छ । गाह्रो छ नि ।