ट्विटरलाई चुनौती दिदै ट्रम्पले ल्याउने भए ‘गेटर’


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १९ २०७८
5.4K
SHARES

१९ असार एजेन्सी। चर्चित सामाजिक संजाल ट्विटर र फेसबुकबाट आजीवन प्रतिबन्ध लागेपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक संजालमार्फत करोडौं मानिससँग जोडिने अनेकौं प्रयास गरिरहेका छन्।

गतवर्षको अमेरिकी निर्वाचनको नतिजालाई अस्वीकार गर्दै भड्किलो अभिव्यक्ति दिएपछि गत जनवरीमा उनका समर्थकले अमेरिकी संसद भित्रै तोडफोड गरेका थिए। सो घटना लगत्तै ट्रम्पका कारण हिंसा भड्किएको भन्दै उनीमाथि ट्विटर र फेसबुकले प्रतिबन्ध लगाएको थियो। त्यसपछि उनले ‘फ्रम द डेस्क अफ डोनाल्ड ट्रम्प’ भन्ने एउटा ब्लग खोले।

तर त्यहाँ ट्रम्पका भनाइहरुमा कमै मानिसले रुची राखेपछि सो ब्लग बन्द गरिएको थियो। यतिबेला ट्रम्पले ट्विटरजस्तै नयाँ एप लन्च गर्न लागेका छन्। ट्रम्पले ‘गेटर’ नाम एप लन्च गर्न लागेको अमेरिकी संचार माध्यमले जनाएका छन्।

बुधबार अर्थात् जुलाई ४ देखि यो औपचारिक रुपमा सार्वजनिक हुनेछ। यद्यपी हालसम्म यो ५० हजारले डाउनलोड गरिसकेका छन्। ट्विटरबाट प्रतिबन्धित ट्रम्पले ट्विटरलाई नै चुनौती दिन यो एप लन्च गरेको बताइएको छ।

ट्विटर चलाउने व्यक्तिले गेटर र ट्विटरमा समानता भेट्ने बताइएको छ। सार्वजनिक भएको फोटोहरुमा पनि गेटर ट्विटरजस्तै देखिएको छ।