स्वार्थ छोडेर एकताका कुरा गरौँ , मिलेर जाऔँ – अध्यक्ष ओली
७ साउन काठमाडौं ।आज एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि मिलेर जान आह्वान गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पदको स्वार्थ छोडेर मिलेर जान आह्वान गरेका हुन् ।
“जहाँ जे–जे भए पनि पदको स्वार्थ छोडौँ । जनताको कुरा गरौँ । पार्टी एकताका कुरा गरौँ । भड्किएका साथीहरू आउनुस् मिलेर जाऔँ । एकजुट भएर जाऔँ,” उनले भने ।
ओलीले पुष्पलालले रोपेको बिरुलाई मर्न नदिने बताए । ‘जहाँ नेपाली त्यहाँ एमाले’ हुनेगरी आफूहरू अघि बढ्ने उनको भनाइ छ ।
उनले आन्दोलनको मुल संगठन नेकपा एमाले भएको पनि बताए । “यो काँक्राको चिचिलो होइन कसैले औँला ताक्दैमा झरोस्,” ओलीले भने ।