प्रचण्डले पार्टीको बैठक बोलाए, झलनाथको अभियानबारे पनि छलफल हुने


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १९ २०८३
494
SHARES

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २३ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।

उनका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे छलफल हुने उनले बताए।

उनले भने, ‘महाधिवेशन र पार्टीको दुई महिने अभियानबारे छलफल गर्नको लागि बैठक आह्वान गरिएको हो। त्यसबाहेक अरू एजेन्डा छैन। बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्छ।’तर बैठकमा नेता झलनाथ खनालले थालेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने अर्का एक नेताले बताए।

ती नेताले भने, ‘बाहिर पार्टी छाडे भनेर चर्चा भइरहेको छ। तर, उहाँले त्यस्तो कुनै जानकारी गराउनुभएको छैन। पार्टी कारबाहीमा परेका नेताहरूसँग मिलेर अभियानको घोषणा गर्नुभएको छ। यो छलफलको विषय बन्छ।’

आगामी बैठकमा नेता खनाल पनि आएर अभियानबारे स्पष्ट पर्दा उपयुक्त हुने ती नेताको भनाइ छ।