नेपाल पक्षका कमरेडहरू अपराध गर्नु भयो – नेता बादल


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ७ २०७८
10.6K
SHARES

७ साउन काठमाडौं । आज नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ ले आफ्नो पार्टीभित्रको अन्तसंघर्ष वर्ग संघर्षमा रुपान्तरण भएको भन्दै अवसरवादीहरू पलायन भएको बताएका छन्। पार्टी भित्रको अन्तरसंघर्ष वर्ग संघर्षमा परिवर्तन भइसकेको छ’, पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बादलले भने, ‘एकातिरबाट पार्टी विभाजन भएको छ ।

अर्कोतिर यही विन्दुबाट पार्टीको शुद्धीकरण पनि शुरू भएको छ । अवसरवादीहरू पलयान भएका छन् । दक्षिणपन्थी प्रतिक्रियावादी पलायन भए ।’

बादलले आफ्नो पार्टीको संसदीय दलको नेता विस्थापन गरेर अर्कै दलको प्रतिनिधिलाई प्रधानमन्त्री बनाउनु अपराध भएको दावी गरेका छन्। ‘आफ्नो संसदीय दलको नेतालाई विस्थापन गरेर अर्को दलको प्रतिनिधिलाई प्रधानमन्त्री बनाउनु भनेको सामान्य अवसरवाद होइन्,’ उनले भने, ‘पार्टीका नेपाल पक्षका कमरेडहरूले जे गर्नु भएको छ, त्यो गल्ती होइन अपराध हो ।’