यस कारण नेता रावलले राजीनामा फिर्ता लिने


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ७ २०७८
16.1K
SHARES

७ साउन काठमाडौ ।अब एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिने भनेर संसद सचिवालयमा बुझाएको पत्र फिर्ता लिने भएका छन्।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग भएको भेटवार्तापछि रावल संसद सचिवालयमा बुझाएको राजीनामा पत्र फिर्ता लिन राजी भएका हुन्।

रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामाको घोषणा गरेका थिए।