नेता नेपालको प्रशन : के ओली नसुध्रिने हो ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ८ २०७८
6.5K
SHARES

८ साउन काठमाडौं । आज एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिमा सुधार नआएको बताएका छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरूलाई स्पष्टीकरण सोधेर ओलीले झन् गल्ती गरेको बताए ।

“स्पष्टीकरण लिएको गल्ती भयो, फिर्ता लिएका छौँ भनेको भए के हुन्थ्यो । उचाइ घट्थ्यो ? आज सुध्रेलान् कि भन्यो उस्तै छ, भोलि पनि उस्तै छ,” उनले भने ।

आफूले पार्टी एकतामा असर पर्नसक्ने भनेर ध्यान दिएको तर ओलीले आफूलाई महाराजधिराज ठानेको उनेको भनाइ छ ।