सरकार ढाल्नेलाई एमालेबाट निकाल्छौं – महासचिव पोखरेल
८ साउन काठमाडौं। आज एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरू एमाल हुनै नसक्ने बताएका छन्।
काठमाडौं- ४ वडा समितिद्वारा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले पछिल्लो समय पार्टीभित्र रहेर पार्टीविरुद्ध गतिविधि हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताएका हुन्।
एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई अब एमाले भन्न नमिल्ने उनको तर्क छ। पोखरेलले नराम्रोलाई नराम्रो भन्न सक्ने एमाले हुने र गलत कुराको पक्ष लिनेलाई एमालेभित्र कुनै ठाँउ नरहेको बताए। एमालेलाई कमजोर पार्ने काम एमालेभित्र रहेर हुनै नसक्ने उनको भनाइ छ।
कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई महासचिव पोखरेलले एमाले प्रवेश गराएका थिए।