भदौ १२ र १३ गते वाइसीएलको राष्ट्रिय भेला काठमाडौँमा
९ साउन काठमाडौ । अहिले नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)को पदाधिकारी बैठक सकिएको छ । काठमाडौँमा पाँच दिनदेखि जारी बैठक सकिएको हो ।
बैठकले भदौ १२ र १३ गते काठमाडौँमा राष्ट्रिय भेलाको निर्णय गरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । ‘देशलाई यतिबेला झडप होइन उत्पादन, स्वरोजगार, निर्माणको गर्ने युवाहरूको ब्रिगेड चाहिएको छ ।
हामी ठोस् योजना बनाउने छौँ र रास्ट्रिय भेलाले आवश्यक निर्णय लिनेछ’ दीपशिखाले भने ‘अग्रगमन, बिचार, राजनीति र आन्दोलनको रक्षा गर्न हामीलाई तालिम र विशेष फोर्स चाहिन्न । वाइसिएल प्रत्येक इकाई आफैँमा सक्षम छन् ।’