साउन ३ गते यस्तो षड्यन्त्र भएको नेपालद्धारा खुलासा


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ९ २०७८
11K
SHARES

९ साउन काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताबाट बाहिरिएपछि पनि केपी ओलीको शैलीमा सुधार नआएको टिप्पणी गरेका छन् । नेता नेपालले प्रधानमन्त्री पदबाट हटेपछि पनि ओलीको शैलीमा सुधार नआएको र यसले पार्टीभित्रै समस्या परेको टिप्पणी गरेका हुन् ।

उनले आफुहरुलाई आममाफी दिन्छु भन्‍ने ओलीको भनाई कुनै महाराजधिराज भन्दा कम नभएको भन्दै कटाक्ष गरे । उनले पार्टीभित्र ओलीले कम्युनिष्ट प्रवृति देखाउन नसकेको बताए । नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेको बताए ।

उनले पार्टीमा चुनौति आयो भन्दैमा आत्तिनु पर्ने अवस्था नभएको बताए । नेपालले आफूविरुद्ध ओली पक्षका युवासंघ परिचालित भएको भन्दै आफु नेपाल तर्सिने मान्छे नभएको जिकिर गरे । साउन ३ गते गम्भीर षड्यन्त्र भएको भन्दै सबै कुराको गहिरो चिरफार हुनुपर्ने समेत उनले बताए ।