एमालेमा ओलीले आत्मसमर्पण गर्नुपर्छ – नेता भुसाल


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १० २०७८
9.9K
SHARES

१० साउन काठमाडौं।अहिले  नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीले आत्मसमर्पण गर्नुपर्ने बताएका छन्। एमाले नेता भुसालले भने, ‘कमरेड ओली नेतृत्वको संसदीय दलको मर्यादाको उल्लंघन होइन, हामीले त हाम्रो संसद र संविधानलाई असफल पार्ने डिजाइनलाई असफल पार्नका र्न लागि कमरेड ओलीका आदेशको उल्लंघन गर्नुपर्नुर्ने ठाउँमा पुग्यौँ।’

केपी ओलीले गरेको गल्तीका कारण ओलीको आदेश उल्लंघन गर्नुपरेको स्पष्ट पारे। आफूलाई एक घण्टा भए पनि निलम्बन गरी कारवाही गर्नुपर्ने बताए। आफूले संसदीय मर्यादा नाघेका कारण एक दिन वा एक घण्टा भए पनि निलम्बन गर्न माग गरेका हुन्।

भुसालले आफूले बाध्यकारी अवस्थामा संसदीय मर्यादा नाघेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीको विवाद मिलिसकेपछि एक दिन वा एक घण्टा भएपनि आफूलाई निलम्बन गर्न माग गरेका हुन्।

भुसालले आफूमाथि कारवाही हुनुपूर्व पार्टी एक हुनुपर्ने बताएका छन्। केपी ओलीले संसद विघटन गर्नु गल्ती थियो भनेर आत्मालोचना गरेको अवस्थामा पार्टी मिलिसकेपछि संसदीय मर्यादा नाघ्नेमाथि थोरै भए पनि कारवाही हुनुपर्ने उनले बताए।