मलाई स्वास्थ्य क्षेत्रको इन्च–इन्च समस्या थाहा छ – स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
१० साउन काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिक कोरोनाविरुद्धको खोप हुने बताएका छन् ।
आइतबार सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्रीको शपथ लिइसकेपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै राज्यमन्त्री श्रेष्ठले अलिहेको आवश्यकता खोप भएको र आफू बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले काम गर्ने बताए ।
“जहाँसम्म मलाई लाग्छ अहिलेको सबैभन्दा आवश्यक भनेको खोप हो । खोपको व्यवस्थापन मेरो प्राथमिकतामा पर्ने छ । बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुग्नेगरी काम गर्नेछु,” उनले भने ।मैले लामो समय शिक्षा, स्वास्थ्य र खेलकुद समितिमा बसेर काम गरेको छु । मलाई स्वास्थ्यको इन्च–इन्च समस्याका बारेमा थाहा छ । नेपालको स्वास्थ्य सेवालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयलाई म एकदमै प्राथमिकता दिएर काम गर्ने छु,” उनले भने ।