हामी पार्टी निर्माण गर्छौ, हाम्रौ आँखा अगाडि एमाले समाप्त हुनेछ – नेता चौधरी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १५ २०७८
14.4K
SHARES

१५ साउननकाठमाडौं।अहिले  नेकपा एमालेका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने बताएका छन्। चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको बताए।

‘हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने हाम्रौ आँखा अगाडि एमाले समाप्त हुनेछ। १६५ निर्वाचन क्षेत्रमै एउटा पनि नजित्ने अवस्था आउन सक्छ,’ उनले भने। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो समूह छिटै सरकारमा सहभागी हुने स्पष्ट पारे।

एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साईनो/सम्बन्ध राख्न नहुने उनको भनाइ छ। उनले ओलीलाई आफूहरूले सच्‍याउन नसकेको र राजीनामा दिने अवस्थामा पुर्‍याउन नसके पार्टी फुटाइने संकेत गरे। आफूहरूले एमाले विभाजन गरेर अघि बढ्दा धेरैले साथ दिने बताए। त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमात्रै नभएर नदिने सांसदहरू पनि आफूहरूसँग आउने उनको दाबी छ।