नेपाल समूहलाई नेता बास्कोटाले दिए यस्तो चेतावनी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १५ २०७८
4.9K
SHARES

१५ साउन काठमाडौ । आज एमाले नेता ओली समुहका नेता गोकुल बास्कोटाले माधव समुह असन्तुष्टहरुको सानो झुण्ड भएको भन्दै यससँग राजनीतिक एजेण्डा नभएको टिप्पणी गरेका छन् ।

बास्कोटाले काभ्रेमा आयोजित एक अन्तरक्रियामा बोल्दै माधव समुहसँग राजनीतिक एजेण्डा नभई कुण्ठा मात्र भएको जिकिर गरे ।

माधव नेपालले पार्टीको सरकार ढालेर देउवाको हातमा बुझाएको उनको आरोप छ । अब माधव नेपालले ईतिहासको मुल्य चुकाउनु पर्ने पनि चेतावनी बास्कोटाले दिए ।