नेपाल जस्तालाई पार्टीमा ठाउँ छैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन १६ २०७८
5.8K
SHARES

१६ साउन काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

अब माधव नेपालजस्ता आन्दोलनविरोधीहरुलाई कुनै ठाउँ छैन, जसले वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थीको सरकार बनाउने, दक्षिणपन्थीको सरकारलाई फ्लोर क्रस गरेर भोट हाल्ने’ उनले भने, ‘आफ्नो प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर ढाल्ने । त्यस्ताका लागि ठाउँ छैन ।’

पार्टीमा बाटो बिराउनेहरुका कारण ठूलो क्षति भएको भन्दै ओलीले ‘मुख्य मुख्य अपराधी’ बाहेक अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘अरु साथीहलाई मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबैले बनाएका हौं । गल्ती भइहाले पनि त्यसलाई सच्याउँछौं’ उनले भने ।