अध्यक्ष ओलीद्वारा नेपाललाई ‘अपराधी’को संज्ञा
१६ साउन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् ।
आज काठमाडौं जिल्ला कमिटीको बैठकलाई संबोधन गर्दै उनले नेता नेपाललाई अपराधीको संज्ञा दिए । उनले नेता नेपाललाई ‘देशद्रोही’को आरोप पनि लगाए ।
“बाटो बिराएको साथीहरु मुख्यमुख्य अपराधीहरु बाहेक । अब माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन,” ओलीले भने ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई प्रतिक्रियावादीको मतियार बनेको आरोपसमेत लगाए ।
ओलीले विश्वासको मत दिने बाहेकसँग पार्टी एकताका लागि नेताहरुसँग छलफल गरिहेकेको बताए ।