चाक्सीबारीमा निधि, सिंह र कोइरालाबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन १६ २०७८
5.7K
SHARES

१६ साउन काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। शनिबार नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो। उनीहरुबीच के कुराकानी भयो भन्ने विषय सार्वजनिक गरिएको छैन।

एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका हुन्। यसअघिको भेटका क्रममा उनीहरुले आफूहरु तीन जनामध्ये एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने बताएका छन्।