यस कारण एमाले स्थायी कमिटी बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन १६ २०७८
11.4K
SHARES

१६ साउन काठमाडै । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित कार्यदलको बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो ।

कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

स्थायी कमिटी बैठक आज ३ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो ।