सरकारमा जाने बारे नेपाल समूहले गर्यो यस्तो निर्णय


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १८ २०७८
6.4K
SHARES

१८ साउन काठमाडौं । आज एमालेको माधव नेपाल-झलनाख खनाल समूहले पार्टी एकताकाे प्रयास जारी राख्ने निर्णय गरेको छ । बुद्धनगरको एक बेङ्क्वैटमा सोमबार बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

तर एकताको पहल भइरहेको बेला बैठक बसेर निर्णय गर्न रोक्नुपर्ने निष्कर्ष बैठकको छ । ती नेताका अनुसार बैठकमा तत्काल सरकारमा सहभागी नहुने सहमति भएको छ ।

बैठकमा नेताहरूले ओलीले जिल्ला कमिटी बैठकमा दिएको अभिव्यक्ति एकता भाँड्ने खालको भएको बताएका थिए ।