यी चार नेता एमालेमा प्रवेश गरिसकेको सर्वोच्चको ठहर
१८ साउन काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट एमालेमा गएका चार सांसदकाे पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
आफूहरू माओवादीमा हुँदाको सांसद पद पुनर्बहाली गरीपाऊँ भन्दै एमाले नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाई गर्दै सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हाे ।सर्वोच्चले माओवादीका चार नेताहरू एमालेमा प्रवेश गरिसकेको ठहर गरेकाे हाे ।