यस कारण नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २० २०७८
10.3K
SHARES
२० साउन काठमाडौं । नेकपा एमालेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेगरी स्थगित भएको हो ।
आजका लागि तय भएको बैठकमा काठमाडौं बाहिरबाट आउनुपर्ने नेताहरू नआइपुगेको भन्दै बैठक बिहीबारका लागि सारिएको हो । यसअघि सोमबार बसेको बैठकले पार्टी एकतामा जोड दिने निर्णय गर्दै आज पुनः बैठक बस्ने निर्णय गरेको थियो ।
सो बैठकमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालले आफू एकताको पक्षमा रहेकाले त्यसका लागि अन्तिम समयसम्म लागिरहने बताएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट