यस्तो नगरेसम्म एमाले एकता सम्भव छैन – नेता नेम्वाङ


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २० २०७८
10.4K
SHARES

२० साउन काठमाडौं।आज  एमाले नेता सुवास नेम्वाङले केपी ओली र उनका प्रतिद्वन्द्वी माधवकुमार नेपाल बसेर वार्ता नगरेसम्म एमाले एकता सम्भव नभएको बताएका छन्।

बिहान मात्रै आफ्नो खेमाका नेता विष्णु पौडेललाई लिएर नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका नेम्वाङले दुई नेता (ओली र नेपाल) बीच वार्ता नभएसम्म एकता सम्भव नभएको र वार्ताको आधार तयार नभएको बताएका हुन्।

नेकपा एमाले एकता प्रयासमा जुटेको दाबी गर्ने अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता नेम्वाङले यस्तो बताएका हुन्। नेता नेम्वाङले भने, ‘आज मात्रै पनि हामीले नेता नेपाललाई भेट्यौँ। हाम्रो लामो कुरा भयो। तर छोटोमा भन्नु पर्दा निष्कर्ष केही निस्केन। दुई नेता बसेर टुंग्याउनु पर्छ। उहाँहरुको वार्ताको आधार तयार भएको छैन।’