तीन दिनभित्र क्रियाशील सदस्यता विवाद टुङ्गो लगाउने सहमति


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २० २०७८
6K
SHARES

२० साउन काठमाडौं । आज नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गो लगाउने सहमति भएको छ । कांग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा अन्य पार्टीबाट काग्रेस प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने भन्ने विषयमा छलफल भएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत रहेका नेता रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार बैठकमा नेताहरूबीच आसन्न पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका पनि दुई दिनभित्र टुङ्गो लगाउने विषयमा छलफल भएको थियो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ ।