हामी सरकारमा जाने सम्भावना नै छैन – नेता पन्त
२१ साउन काठमाडौं । आज एमालेको माधव नेपाल पक्षका नेता रघुजी पन्तले आफूहरू सरकारमा जाने सम्भाना नरहेको बताएका छन् । बुद्धनगरमा बसेको बिहीबारको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा नेता पन्तले आफूहरूले प्रतिपक्षमा रहेकाले सरकारमा जाने सम्भावना नै नरहेको बताए ।
“सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौँ, एमालेमा छौँ, प्रतिपक्षमा छौँ,” उनले भने । उनले आफूहरू र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरूबीच निरन्तर छलफल भइरहेको पनि बताए । अर्काे प्रसंगमा उनले सुकुम्बासीलाई लिएर सरकार गम्भीर बन्नुपर्ने बताए ।