अध्यक्ष ओली माथि नेता नेपालले लगाए यस्तो आरोप
२१ साउन काठमाडौं । आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका छन् ।
आजको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपर्ने बताएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए ।
“उताका नेताहरूले मनपरि व्यवहार गरे पनि हामी कसैले पनि कसैलाई लाञ्छना लगाएर बोल्ने नकारात्मक टिप्पणी नगर्नुस्,” नेता नेपालको भनाइ उद्धृत गर्दै उनले भने,“पार्टीलाई एकताबद्ध बनाएर लैजाने सन्दर्भमा अझै हामी मेहनत गर्छाैँ ।
जतिसुकै अपमान, घृणा सहेर पनि गर्न तयार छौँ । तर, आजका लागि एकताको बाधक भनेको ओलीको बोली,व्यवहार नै हो ।”