खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै , यी हुन आजको एजेण्डा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २२ २०७८
3.2K
SHARES

२२ साउन काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

हिजोबाट सुरु भएको बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा बिहीबार धारणा राखेका अधिकांश सदस्यहरुले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन् ।

बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए ।

बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । नेताहरुले पार्टी एकताका लागि सम्मानजनक पावर सेयरिङ हुनुपर्ने बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए ।  बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपर्ने बताएका थिए ।