पार्टी एकता बारे नेता बस्नेतले राखे यस्तो धारणा


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
4.9K
SHARES

२३ साउन काठमाडौं। नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टीमा फर्केर जिम्मेबारी निर्वाह गर्न माधव समूहमा रहेका नेताहरुलाई आग्रह गरेका छन्।

पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आग्रहललाई कमजोरी नठान्न उनले चेतावनी दिए। उनले एमाले बलियो भए मात्रै नेताहरु पनि बलिया हुने बताए। उनले साउन २५ गतेको बैठकअघि एमालेमा नफर्कनेहरुको हालत झरिसकेको दाँत जस्तै हुने बताए।

बस्नेतले मन्त्री तथा विभिन्न ठेक्कापट्टाको प्रलोभनमा परी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गएका २२ सांसदहरु एमालेमा फर्कने विश्वास व्यक्त गरे।