माधव नेपाल हाम्रो कमाण्डर हो – नेता आले


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
6.9K
SHARES

२३ साउन काठमाडौ । नेकपा एमालेका नेता तथा सांसद प्रेम आलेले उपाध्यक्ष भिम रावलमाथि प्रश्न गरेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएर माधव क्याम्पमा पुनः प्रवेश गरेका सुदूरपश्चिमकै सांसद प्रेम आलेले शुक्रबार केन्द्रीय कमिटी बैठकमा बोल्दै युद्धको मैदानमा रहेको अवस्थामा कमान्डरलाई एक्लै छाडेर भाग्न नमिल्ने बताए।

आलेले प्रश्न गरे, ‘माधव नेपाल हाम्रो कमाण्डर हो। युद्धको बेला कमान्डरलाई मैदानमा एक्लै छाडेर सिपाही भाग्न मिल्छ रु फौजमा हो भने कोर्टमार्सल हुन्छ।’उनले एकता कार्यदलले गरेको १० बुँदे सहमतिमा रावलको भूमिकामाथि प्रश्न गरेका हुन् । नवौँ महाधिवेशनमा नेपाल गुटबाटै जितेर रावलकै कारण ओली समूहमा पुगेका आले दोस्रो पटक संसद विघटन भएपछि फेरि नेपाल गुटमै फर्किएका हुन् ।