आज जापानले दिएको ५ लाख १३ हजार डोज खोप आउँदै


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
8K
SHARES

२३ साउन काठमाडौं। जापान सरकारले नेपाललाई उपलब्ध गराउन भनेको कोरोना भाइरस विरुद्धको खोप आज शनिबार नेपाल आइपुग्ने भएको छ। जापानले दिने भनेको एस्ट्राजेनेकाको १६ लाख डोज खोप मध्ये आज ५ लाख १३ हजार डोज नेपाल आइपुग्ने भएको हो।

कतार एयरवेजबाट खोप नेपाल आइपुग्ने छ। जापानले दिने उक्त खोप लिनका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभुवन विमानस्थल पुगेका छन्। जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत युताका किकुताले खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।