यस कारण एमाले केन्द्रीय समिति बैठक सर्‍यो


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
3.8K
SHARES

२३ साउन काठमाडौं। अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि निर्धारण गरेको आफू पक्षीय केन्द्रीय कमिटी बैठक एक दिन पर सारेका छन्।

ओली निकट केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक सोमबारका लागि सारिएको हो। शुक्रबार सकिएको एमाले माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले ओली पक्षलाई एकता नहुञ्जेल एकलौटी ढंगमा पार्टी गतिविधि नगर्न आग्रह गरेको थियो।

पार्टी एकताका लागि नै पूर्वनिर्धारित बैठक एक दिन पर धकेलिएको हो भन्ने प्रश्नको जबाफमा तामाङले जसरी बुझ्दा पनि हुने बताए।