एमालेमा अध्यक्ष मात्र निर्वाचित गर्ने प्रस्ताव


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २५ २०७८
6.4K
SHARES

२५ साउन काठमाडौं । आज नेकपा एमालेमा महाधिवेशनबाट अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले २२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अघि सारेको छ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार जसमा अध्यक्ष एक जना, दुई उपाध्यक्ष, एक महासचिव, दुई जना उपमहासचिव र ७ जना सचिव हुने उल्लेख छ । उनीहरूमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुने प्रस्ताव गरिएको छ । अरू केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

संविधानको परिकल्पना अनुसार समावेशितालाई पनि कार्यान्वयन गर्ने भनिएको छ । यस्तै स्थायी कमिटी खारेज गरेर अब पोलिटब्यूरो र केन्द्रीय कमिटी मात्र रहने प्रस्ताव गरिएको छ ।