प्रधानमन्त्री ज्यू , मेरा पार्टीका केहीलाई मन्त्री दिनुस् ‘प्लिज’ – अध्यक्ष ओली
२६ साउन काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका केही नेताहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यङ्ग्यात्मक अनुरोध गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले मन्त्री बनाउन किन विलम्ब गरेको भन्दै प्रश्न गरे ।
“सम्मानीयज्यू, मेरा पार्टीका केही मान्छेहरु केही पाउँला र खाउँला भनेर तपाईंका पछि कुदेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यू । मन्त्री दिनुस् न । किन विलम्ब गर्नुभएको ? हिरिक्क, हिरिक्क भएका छन् । विचराहरू ! मन्त्री खानका लागि प्लिज ।
पछिपछि कुदेका छन्, मन्त्री खान पाउँ भनेका छन् । चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनस् । मेरो दलमा अलिकति घाटा भए पनि सहुँला बुझौँला,” उनले भने ।