एमसीसी बारे अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया
२७ साउननकाठमाडौं । अहिलेप्रतिनिधिसभा पुनर्स्थापनासँगै प्रधानमन्त्रीबाट हटेका केपी शर्मा ओलीले मंगलबार प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा संसदमा सम्बोधन गरे । एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीको सवा एक घण्टा लामो सम्बोधन आफू र आफ्नो पार्टीप्रति भरोसा, सत्तारुढ गठबन्धनप्रति आक्रोश र प्रश्नहरु मिश्रित थियो ।
प्रतिनिधिसभामा सम्बोधन गर्दै विपक्षी दलका नेता ओलीले सरकारको साझा न्यूनमत कार्यक्रमलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि उठाएको दुई प्रश्न महत्वपूर्ण छ । सत्तारुढ दलहरुले २५ साउनमा सार्वजनिक गरेको सरकारको साझा न्यूनमत कार्यक्रम, अमेरिकाको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे मौन छ ।
सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी सम्झौता दुई वर्षभन्दा लामो समयदेखि संसदमा विचाराधीन छ । ओली सरकारले यसलाई अनुमोदन गर्न चाहेको थियो, तर साबिकको कम्युनिस्ट पार्टी नेकपा भित्रै यस विषयमा एकमत रहेन । सम्झौतामा नेपालको राष्ट्रिय हित विपरीतका विषय समेत रहेको भन्दै पार्टीभित्रबाटै विरोध भएपछि नेकपाले अध्ययन कार्यदल समेत बनाएको थियो । त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले भने एमसीसी सम्झौता छिटो पास गर्न दबाव दिएको थियो ।
अहिले संसदको समीकरण फेरिएको छ । नेकपाको एकता खारेज भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएको मात्र छैन, २८ असारको सर्वोच्च अदालतको फैसलासँगै पुनस्र्थापित प्रतिनिधिसभामा नेकपा एमाले प्रतिपक्षमा छ ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतको समर्थनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । तर एमसीसी सम्झौताबारे सत्तारुढ गठबन्धन एकमत छैन । कांग्रेस एमसीसी सम्झौता संसदबाट अनुमोदनको पक्षमा भए पनि अरु दल सम्झौता परिर्माजनको पक्षमा छन् ।
सत्तारुढ गठबन्धनभित्रको मतभेदलाई बुझेका विपक्षी दलका नेता ओलीले प्रधानमन्त्री देउवालाई सोधेका छन्, ‘एमसीसी के गर्नु हुन्छ ? सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसी नभेटेको भन्दै उनले भनेका छन्, ‘एमसीसी बिर्सनु भयो कि क्या हो रु मैले कतै देखिनँ ।
नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ? अहिलेको गठबन्धन सरकारमा हुँदा तपाईंहरुले एमसीसी सम्झौता गर्नुभएको थियो जस्तो लाग्छ ।
एमसीसीबारे सरकारको साझा न्युनतम कार्यक्रममा केही देखिनँ, यसलाई बिर्सनु भयो कि क्या हो रु अनि केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्नुहुन्छ । गाली गर्ने अनि मेरै क्लिप बजाएर वातावरण बनाउन खोज्ने ?
एमसीसी के गर्नुहुन्छ, साझा न्युनतम कार्यक्रममा भन्नुपरेन रु चुपचाप लागेको छ । नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं एमसीसी के गर्नुहुन्छ ? तपाईं त बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ, १६५ सिट तपाईंको साथमा छ, तपाईंको पछाडि छ स्ट्रोङ ।
कसैको सपोर्ट चाहिँदैन, कसैको मद्दत चाहिँदैन । त्यो १६५ को सबल जत्थाले के भन्छ रु एमसीसी पास गर्ने, फेल गर्ने कि चुप लाग्ने रु त्यही भएर म भन्छु जस्केलाबाट छिर्ने आदत नगरौं । सरकारमा त छिरियो छिरियो । सबै कुरामा जस्केला ?
देउवा ,दाहाल र माधव समूहलाई के भने ?
ओलीले सुरुमै देउवालाई परमादेशबाट बनेको भन्दै प्रहार गरे । गठबन्धनले ल्याएको साझा न्यूनतम कार्यक्रमलाई सडकमा भेटिएको पर्चा भने । उक्त कार्यक्रममा कांग्रेस नदेखिएको भन्दै देउवाप्रति व्यंग्य गरे ।
दाहालले यसअघि प्रतिनिधिसभा बैठकमा आफूलाई लक्षित गरेर बोलेका कुराको जवाफ पनि उनले दिए । दाहालले माओवादी नसिद्धिएको र आफूहरू आगो भएकाले नखेल्न चेतावनी दिएका थिए । त्यसैको जवाफमा ओलीले भने, ‘उहाँले देशमा लगाएको डढेलो मलाई थाहा छ ।
डढेलो निभाउन पानी खन्याउनुपर्छ । प्रतिपक्षलाई धम्क्याउने रु म आगो हुँ, मसँग नखेल भन्ने, धम्की ? सम्बोधनको अन्त्यमा ओलीले आफ्नो पार्टी भित्रको असन्तुष्ट समूहलाई पनि छोडेनन् । उनले पार्टीभित्रको अनुशासन तोडेको, अराजक बनेको लगायतका प्रसंग उठाए ।
असन्तुष्टहरूलाई मन्त्री बनाइदिन अनुरोध गरे । ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक्क, हिरिक्क भएका छन्,’ ओलीले भने, ‘यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो । कुदेको कुद्यै भएका छन्, स्याँ–स्याँ भएका छन् ।