लुम्बिनीमा मुख्यमन्त्री केसी बन्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
7.5K
SHARES

२८ साउन काठमाडौ । आज लुम्बिनी प्रदेश सरकारमा विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि दावी पेश गर्दैछन् । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो तीन बजेभित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्ने समय दिनुभएको छ ।

कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेका छन् ।

तर कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएकाले केसी आठ महिना मात्रै मूख्यमन्त्री रहनु हुने छ ।

लुम्बिनी प्रदेशको मूख्यमन्त्री पनि माओवादीले हात पार्ने अवस्था बनेपछि सात वटा प्रदेश मध्ये माओवादी ३ वटा प्रदेशमा सरकार बनाउन सफल हुने छ ।