कि कुलमान कि हनुमान , कोही छैन नेपालमा – संसाद महत


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
10.9K
SHARES

२८ साउन काठमाडौं ।आज नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङ बूढो भएपछि यो सरकारले के गर्छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न गरे, “अघिल्लो सरकारले हनुमानबाहेक नियुक्ति गरेन अहिलेको सरकारले कुलमान बाहेक देखेन, किन ?”

उनले कुलमानको आवश्यकता विद्यूत् प्राधिकरणबाहेक अन्य क्षेत्रमा किन नलगेको भन्दै प्रश्न गरेका थिए । उनले कुलमान बूढो भएपछि यो सरकारले के गर्ने भन्दै प्रश्नसमेत गरेका थिए ।