यस्तो निर्णय गर्दै माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ३० २०७८
5.1K
SHARES

३० साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको उनले बताए । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।

उक्त प्रतिवेदनमाथि छलफलको लागि ८ वाट समूह विभाजन गरिएको छ । बैठक भोलि ११ बजे बस्ने उनले बताए । बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुनेछ ।