‘बहुल राष्ट्रिय राज्य’ लागि संघर्ष गर्छौ – नेता महतो


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ३० २०७८
4K
SHARES

३० साउन काठमाडौं ।आज  जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित आफूपक्षीय वाग्मती प्रदेशका अगुवा कार्यकर्ताहरूको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टीका नेता–कार्यकर्तालाई आह्वान पनि गरे ।

“बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाइँ लड्ने हो । यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने । त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो । त्यसका लागि तराई र मधेस तयार छ । पहाड र हिमालका जनता पनि तयार हुनुपर्‍यो ।”