आज पनि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै , यी हुन एजेण्डा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
6.1K
SHARES

३१ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने छ ।

शनिबार भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । उक्त समूहगत छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने छ । अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका हुन् ।

शनिबारको बैठकमा उनले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।