सरकारको अनुरोध : क्यूआर कोडसहितको खोप प्रमाणपत्र पाएपछि मात्रै टिकट लिनु


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
6.2K
SHARES

३१ साउन काठमाडौं । स्वास्थ्य तथा जासंख्या मन्त्रालयले क्यूआर कोडसहितको खोप प्रमाणपत्र अनिवार्य गरेका मुलुक जान लागेकाहरूलाई प्रमाणपत्र प्राप्त भएपछि मात्रै टिकट लिन अनुरोध गरेको छ ।

मन्त्रालयले अनलाइनमार्फत प्रमाणपत्र पाउन सकिने भएकाले सम्बन्धित म्यानपावर वा नजिकैको स्वास्थ्य संस्थाको सहयोग लिन सकिने जनाएको छ ।

क्यूआरकोडसहितको खोप प्रमाणपत्र पाँच दिनभित्र तयार हुने भएकाले अनलाइनमार्फत नै प्रक्रिया कहाँसम्म पुगेको हेर्न सकिने पनि मन्त्रालयले जनाएको छ ।