अब ‘हिमालय रोडिज’को चौथो संस्करण सुरु हुँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
5K
SHARES

३१ साउन काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘हिमालय रोडिज’को चौथो संस्करण सुरु हुने भएको छ ।

सुरुवाती तीन सिजन अमनप्रताप अधिकारीले निर्देशन गरेको यसको चौथो सिजन भने सिमोश सुनुवारले निर्देशन गर्ने भएका छन् । कोरोना महामारीका कारण अडिसन डिजिटल रूपमा भइरहेको छ । डिजिटल अडिसनबाट छनोट भएका प्रतिष्पर्धीहरूलाई फिजिकल अडिसनका लागि बोलाइने जनाइएको छ ।

रोडिजमा ‘ग्याङ लिडर’को रूपमा अभिनेता अनुपविक्रम शाही, अभिनेत्री दिया मास्के, आशिष राना ‘लाहुरे’ र पहिलो संस्करण विजेता समन रहेका छन् । अभिनेता रेमनदास श्रेष्ठले शो होस्ट गर्नेछन् ।

शो आउँदो असोजको पहिलो सातादेखि हरेक सोमबार साँझ ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण गरिनेछ ।