ओली र नेपाल पक्षबीच एकता


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
15.4K
SHARES

३१ साउन कालिकोट । आज कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा पार्टी एकता भएको छ।नेकपा एमाले पलाँता र माधव नेपाल पक्षमा एकता भएको हो । सम्पुर्ण जनताको  बहुदलीय जनवाद जिन्दावाद,नेकपा एमाले पार्टी दुई धार नभनी सम्पूर्ण पलाँता पार्टी एक ढिक्का ,भन्ने मुल नाराका साथ नेकपा एमाले पार्टी भित्रआबद्ध सम्पूर्ण नेता कार्यकर्ता बीच पार्टी एकता भएको छ।

समुधुर सम्बन्ध सिग्गो पलाँता पार्टी एक ढिक्काका साथ गुट उप गुट नभनी नेकपा एमाले पार्टी र सुर्य चिन्न जहाँ सम्पूर्ण पलाँता भित्र रहेका कार्यकर्ता त्याहाँ भन्दै केपि र माधव पक्षमा रहनु भएका नेता र कार्यकर्ता बिच नेकपा एमाले सुर्य चिन्नको छ्हारिमा सनिवार  एकता भएको थियो ।

सिङगो एमाले पार्टी एक हुने प्रतिबद्धका साथ नेता कार्यकर्ताले पार्टी बिपरित काम गरेको खण्डमा पार्टीको विधि बिधान र सिद्धान्त अनुसार कार्बाही गर्ने निणर्य सर्ब सहमत पारित गरिएको एक नेताले बताए ।