एमाले स्थायी कमिटि बैठक बस्दै , यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
4.6K
SHARES

३२ साउन काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोलि (मंगलबार) बिहान ११ बजे बस्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए । उनका अनुसार बैठक च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बस्ने छ ।

“भोलि बिहान ११ बजे बैठक बस्ने जानकारी आएको छ,” उनले भने । नेकपा एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याउन लागेको चर्चा भइरहेको छ ।

आज मात्रै अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटीका केही नेताहरू पुगेका थिए । भोलिको बैठकको तयारीका विषयमा छलफल गर्न आफूहरू त्यहाँ नपुगेको मण्डलले जानकारी दिए । एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याउनसक्ने उनले बताए ।

“आजसम्म राम्रो काम के गरेको छ ? एमाले फुटाउन अध्यादेश ल्याउन सक्छन् नि । पहिलेदेखि चलेको कुरा नै त हो,” उनले भने ।