एमालेलाई फुटाउन अध्यादेश ल्याए , कुनै पनि हालतमा क्षम्य हुँदैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
6.8K
SHARES

१ भदौ काठमाडौं ।अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताएका छन् । सोमबार राति पाँच बुँदे विज्ञप्तिमार्फत् अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताएका छन् ।

उनले प्रतिनिधिसभा विघटन गरेकोप्रति आपत्ति जनाएका छन् । ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजित गर्नका लागि प्रतिनिधिसभा अन्त्य गरिएकाे दाबी गरेका छन् ।

“पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले) लाई विभाजित गर्ने पडयन्त्र गरिँदैछ,” ओलीले भनेका छन्, “नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा पडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन ।

उनले पार्टी विभाजनको प्रयास असफल पार्न पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई अपिलसमेत गरेका छन् ।