एकताको ढोका सधैँ खुला रहन्छ – नेता नेपाल
१ भदौ साउन काठमाडौं ।आज नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अर्को पार्टी दर्ता गरेर जानुपर्ने बाध्यता आउन सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आफूपक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा उनले नयाँ पार्टी दर्ता गरिए पनि एकताको ढोका सधैँ खुला रहने बताए ।
उनले पार्टी विभाजनको जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने तर्क गरे । आफूहरु तत्काल मिल्ने अवस्थामा नभएको उनको भनाइ छ ।
“केपी विसर्जनवादी बाटोमा गए पनि त्यो आन्दोलनको रक्षा गर्ने जिम्मा हाम्रो हो,” उनले भने । आउँदा चुनावहरूमा वाम गठबन्धन हुने पनि उनले बताए ।