नेपाल पक्षले ओलीमाथि लगाए यी १५ आरोप


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८
2.8K
SHARES

१ भदौ काठमाडौं। आज एमाले नेता माधवकुमार नेपालले केपी ओलीकै कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताएका छन्। पार्टी कमजोर हुनुमा केपी ओलीले आत्मसमीक्षा गर्नुपर्ने नेता नेपालको भनाइ छ।

आफूनिकट जनसंगठनका नेता/कार्यकर्तालाई सम्बोधनको क्रममा उनले ओलीकै कारण पार्टी विघटनको अवस्थामा आइपुगेको आरोप समेत लगाए। नेपालले पार्टीलाई अब क्रान्तिकारी रुपान्तरण गरेर अघि बढ्ने बताए।

उनले अब नयाँ ढंगले अघि बढ्ने अवस्थामा पुगेको बताउँदै निराश नभई देशभर संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।

यी हुन् नेपालले अध्यक्ष ओलीमाथि लगाएका आरोप:

१. पार्टीलाई विघटनको अवस्थामा पुर्‍याएको। २. नेपाली कम्यु्निस्ट आन्दोलन कमजोर बनाएको। ३. दुई तिहाइको अवस्थामा पुगेको पार्टीलाई खुम्च्याएको। ४. दोष जति सबै अरुलाई दिने गरेको। ५. आफ्नै नजिकका कार्यकर्तालाई पनि चिढ्याएको। ६. आत्म समीक्षा नगरेको। ७. देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको।

८. देशभक्तिको झण्डा सुरुमा उठाए पनि पछि फालेको। र विदेशीसँग लम्पसार परेको। ९. लोकतन्त्रको मुल्य मान्यतालाई परित्याग गरेको। १०. राजावादी शक्तिहरुसँग साँठगाँठ गरेको। ११. निकट नेता र कार्यकर्तालाई संघीयता विरोधी आवाज उठाउन लगाएको। १२. ५ वर्षका लागि बनेको संसद २/२ पटक विघटन गरेको। १३. सर्वोच्च अदालतको आदेश नमानेको। १४. कुर्सीमोहमा लिप्त। १५. बिध्वंसकारी संस्कृति देखाएको।